Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

इलाम, १७ चैत २०८१ । श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाँडेको आरोप छ।

गिरी इलामको फाकफोकथुम गाउँपालिका–३ का हुन्। गएको फागुन २९ गते राति घरबाट अलि पर श्रीमतीसँगै गएर मुक्का प्रहार गर्दा श्रीमती लडेपछि घाँटी थिचेर हत्या गरेको गिरीले बयान दिएको इलामका एसपी एकनाथ कोइरालालले जानकारी दिनुभयो। एक्साभेटर चालक रहेका गिरीले के कारणले पत्नीको हत्या गरे भन्ने विषय खुल्न बाँकी छ।

फाकफोकथुम–२, धार्नेखोपको दाहाल गोलाईमा कच्ची सडकमा खाल्डो खनेर पुरेको पाइएको बताइएको छ। विमलाको शव उत्खनन गरेर पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। हत्या गरिएकी कशोरी गर्भवती अवस्थामा रहेको पाइए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने एसपी कोइरालाले बताउनुुभयो।

विमला बेपत्ता भएको भन्दै उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा निवेदन दिए पछिमात्र उनको खोजी गर्ने क्रममा हत्या गरिएको खुलेको हो। उमेशविरुद्ध कतव्र्य ज्यान मुुद्दामा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया