Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

घोराही, २ माघ । पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलनरत कर्मचारीहरुले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । कर्मचारी संघर्ष समितिको आहृवानमा कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा बुधबार बिहान साढे सात बजे तालाबन्दी गरेका हुन् ।

आज प्रशासनिक काम ठप्प पारेका कर्मचारीहरुले माघ ३ गतेदेखि इमर्जेन्सी, प्रसूतिबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्नुपर्ने, करार सेवाका कर्मचारी र चिकित्सकलाई हटाउन नपाइने, साउनदेखि रोकिएको तलब दिनुपर्ने लगायतका आठ बुँदे माग राखेर कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया