Online Bichar
बुधबार, पौष ०२, २०८२ | Wednesday, December 17, 2025

झापा, १३ चैत २०८१ । इलाका प्रहरी कार्यालय गौरीगञ्जले अवैध मुङ्ग्री माछा बरामद गरी नष्ट गरेको छ । आज दिउँसो ४ बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ भारु चोकस्थितमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ प्लास्टिकको ड्रममा ल्याउँदै गरेको माछा बरामद गरिएको थियो ।

प्रहरीका अनुसार अन्दाजी ७० के.जी. २४ हजार ५ सय बराबरको मुङ्ग्री माछा बरामद गरी स्थानीयको रोहवरमा नष्ट गरेको झापा प्रहरीले जनाएको छ । प्रहरीले फरार रहेका माछा धनीको खोजतलास भइरहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया