काठमाडौं, ९ चैत २०८१ । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९ वर्षको उमेरमा बस्नेतको आज बिहान ९:३० बजे निधन भएको हो।
सिंहलाई हृदयघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शुक्रबार भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा निधन भएको हो । पुनर्जागरण साप्ताहिक पत्रिका प्रकाशन गर्ने बस्नेत राससका पूर्व अध्यक्ष समेत हुन्। भक्तपुर निवासी बस्नेत नेपाली कांग्रेसमा आवद्ध थिए।