Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

काठमाडौँ, ७ चैत २०८१ । जापान फिफा विश्वकप २०२६ मा छनोट हुने पहिलो टिम बनेको छ । विश्वकप छनोटअन्तर्गत बुधबार भएको एसिया क्वालिफायरमा बहराइनविरुद्ध २–० को जित निकालेसँगै जापान सन् २०२६ मा हुने विश्वकप छनोट हुने पहिलो टोली बनेको हो ।

घरेलु मैदानमा भएको खेलमा जापानलाई जित दिलाउन दाइची कामाडा र ताके फुसा कुबोले गोल गरे । जापानले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६६ औँ मिनेटमा कामाडाले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा को कुबोले अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा जापानले जितसँगै विश्वकपमा स्थान सुनिश्चित गरेको हो ।

एसियन क्वालिफायरको समूह ‘सी’ मा रहेको जापानले सात खेलबाट १९ अंक जोडेको छ । सातखेलबाट ६ अंक जोडेको बहराइन भने तालिकाको पाँचौँ स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया