Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

२४ फागुन २०८१ । गैरकानुनी बाटो हुँदै दलालको प्रलोभनमा परी कुवेत पुगेकी एक महिलाले आत्महत्या गरेकी छन् । कुवेतस्थित रिघाइमा कार्यरत सिन्धुपाल्चोक घर भएकी निर्मला दोङ तमाङले आत्महत्या गरेकी हुन् ।

कुवेतमै कार्यरत रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरका अनुसार निर्मलाले गत १८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् । घरेलु कामदारका रूपमा कार्यरत उनले दुबईमा रहेका श्रीमानले अर्कै केटीसँग लिभिङ टुगेदरमा बस्न थालेपछि आत्महत्या गरेको हुनसक्ने अभियन्ता थापामगरले बताए ।

‘ती बहिनीका श्रीमान दुबईमा अर्कै केटीसँग लिभिङमा बसेको थाहा पाएर उनले झुन्डिएर आत्महत्या गरेको हुनसक्छ,’ अभियन्ता थापाले भने,’ आत्महत्या गरेको जानकारी पाएपछि कानुनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाइसकेका छौं ।’ यता, त्रिभुवन विमानस्थलमा शव बुझ्दै मृतकका आफन्तले आत्महत्या गर्न बाध्य पार्नेलाई कडा कारबाहीको माग गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया