Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काभ्रेपलाञ्चोक, १५ फागुन २०८१ । सुक्खा पहिरो जाँदा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१, कानाकोटमा बिहीबार एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रोतलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ का ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, सुक्खा पहिरोले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया