Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौँ, ११ फागुन २०८१ । पूर्व फुटबल खेलाडी एवं प्रशिक्षक हरिओम श्रेष्ठको आइतबार निधन भएको छ । धरानमा हालै सम्पन्न बुढासुब्बा गोल्डकपको दौरानमा हृदयघात भएपछि हेलिकोप्टरमार्फत काठमाडौँस्थित गंगालाल अस्पताल ल्याइएको थियो ।

गङ्गालालमा उपचार गराइरहनु भएका श्रेष्ठ शुक्रबार डिस्चार्ज भई घरमा फर्कनुभएको थियो । आइतबार स्वास्थ्यमा समस्या आएपछि पुनस् वीर अस्पताल लगिएका ५४ वर्षीय श्रेष्ठको उपचारको क्रममा निधन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

राष्ट्रिय टोलीबाट समेत फुटबल खेल्नुभएका श्रेष्ठले मनाङ मर्स्याङदी, थ्री स्टार, आरसिटी, एनआरटी जस्ता चर्चित क्लबबाट घरेलु फुटबल खेल्नुभएको थियो ।

उहाँले नेपालको विभिन्न उमेर समूहका राष्ट्रिय टोली र ‘ए’ डिभिजन क्लबको प्रशिक्षक पदसमेत सम्हाल्नुभएको थियो । श्रेष्ठको आइतबारनै अन्तिम संस्कार गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया