Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरीगंज, २९ पुस । क्यानाडा देश पठाईदिने भनेर गौरीगंजका दुई जना एजेन्टले १ करोड ५० लाख रूपैयाँ ठगी गरि फरार भएका छन् ।

गौरीगंज गाउँपालिका वार्ड नं ४ भवानीपुर बस्ने गणेश प्रसाद गिरी र दिपेन्द्र कुमार झाले झापा र मोरङ्गका ३० जना युवासंग
पैसा ठगेर वेपत्ता भएका हुन् ।

मोरङ्ग सुनबर्षी नगरपालिकाका १४ जना पिडित युवाहरूले गिरी र झाको सम्पति र जग्गाजमिनबाट पैसा असुल गरि दिन विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयलगायतका कार्यालयमा उजुरी दिएका छन् ।

उनीहरूसंगै बांकेका निरञ्जन पुरीले अन्य एजेन्टहरूको मिलेमतोमा मोरङ्गका हंंसराज राजवंशी, दयानन्द सहनी, पञ्चम राजवंशी, प्रेम चन्द्र राजवंशी, अजयदेवगन राजवंशी, नगेन्द्र राजवंशी, कंश राजवंशी, सुवासकुमार मण्डललगायतसंग जनहि ५ लाख रूपैयाँ आई.एम.ई. मार्फत रकम लिएर उनीहरूलाई विचल्ली बनाएको छ ।

‘क्यानाडा पठाई दिने भनेर गौरीगंजका गणेश प्रसाद गिरीले मसंग पटक पटक गरि ५ लाख लिए। छिट्टै भिसा आउछ, तयार हुनुहोस भन्दै झुक्काए’( पिडित पञ्चम राजवंशीले भने । अरू साथीहरूलाई पनि भन्नू कोेही क्यानाडा देश जाने भए यस्तो मौका आउदैन भनेर गणेशले मलाई सुनाए पछि अन्य साथी पनि फसेको पिडित राजवंशीले दुखेसो पोखे ।

फ्रि भिसा, फ्रि टिकट भनेर प्रलोभन देखाई विपन्न गरिव परिवारका ती युवाहरूसंग रकम ठगी गरि फरार भएको श्रम तथा रोजगार कार्यलय विराटनगरका वरिष्ठ अधिकृत प्रेम प्रसाद सञ्जेल बताए । पिडीतहरूको उजुरी आएको त्यसका लागि फरार भएकाहरूको नाममा भएको जग्गा सम्पतिबाट रकम असुल गर्न सम्बन्धित जिल्लाका मालपोत कार्यालयमा जग्गा रोक्का गर्न पत्र तयार गर्न लागिएको अधिकृत सञ्जेलले जानकारी दिए । फरार भएका गिरी र झालाई कार्वाही गर्न ईलाका प्रहरी कार्यालय गौरीगंजमा उजुरी दिए पनि उजुरी लिन नमानेपछि विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयमा दिएको पिडितहरूले आरोप सुनाए ।

कोचिला न्युज बाट साभार

तपाईको प्रतिक्रिया