Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

धनगढी, २७ माघ २०८१ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी बालिकालाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।

घट्ना अस्ति बिहीबार साँझको भए पनि प्रहरीमा शनिबार राति साढे ८ बजेमात्र जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

धनगढीको एक विद्यालयमा अध्ययन गर्दै आउनुभएकी बालिकालाई बाटोमा छेकेर युवकले चक्कु देखाई आफूसँग जबर्जस्ती गरेको उहाँको दुःखेसो छ । युवकले डरत्रासमा पारेर आफूलाई घरमा लगी करणी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिनुभएको छ ।

अभियुक्त पत्ता लागिसकेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “अभियुक्त पत्ता लागिसकेको छ । पक्राउ गर्न प्रहरी परिचालित भएको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया