Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

धनगढी, २० माघ २०८१ । अछामको ढकारी गाउँपालिका–१ को छिन्ने भन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । ११ माघ शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट शनिबार छिन्ने भन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुवै किशोरी (नाताले फुपू–भदै) को ढुंगा प्रहारबाट मृत्यु भएको प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरूको हत्या भएको खुलेको हो ।

प्रहरीका अनुसार अछामको ढकारी गाउँपालिका–८ पल्साताकी मृतक १४ वर्षीया इशरा र पक्राउ परेका एक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो । उनीहरू दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पु¥याएको थियो । तर, उनीहरूले प्रत्यक्ष रूपमा भेट्ने मौका पाएका थिएनन् । ढकारी गाउँपालिका–३ ताली र किशोरीहरूको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रूपमा टाढा छ । पक्राउ परेका किशोर ढकारी गाउँपालिका–३ तालीका हुन् ।

अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ । तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर ९ माघमा फुपूको घरमा पुगेका थिए । फुपूको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजनामा उनीहरू थिए ।

त्यसपछि किशारी र किशोरहरूबीच टेलिफोन संवाद भयो । संवादमा गोठालो गएका बेला छिन्ने भन्ने वनमा भेट्ने योजना तय भयो । दुवै किशोर घुमफिर गरेर आउने भन्दै ११ माघ शुक्रवार बिहानै फुपूको घरबाट निस्किए । फुपूको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनि सँगै लिएर उनीहरू किशोरीलाई भेट्ने योजनासहित छिन्ने जंगलतर्फ लागे । उनीहरू ११ माघ बिहान १० बजे नै नजिकै रहेको रिमरौवा खोलामा किशोरीहरूलाई पर्खेर बसे । मृतक इशरा र सरस्वती खड्का दिउँसो १२ बजेतिर मात्र रिमरौवा खोला नजिकको खोरबाट बाख्रा ल्याई जंगलतिर गए । १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वतीसँग उनीहरू तीनै जनाले एकसाथ भेटे । सरस्वती खड्काको मोबाइलबाट किशोरहरूले गीत र भिडिओहरू पनि साटासाट गरे । त्यसपछि उनीहरू छिन्ने ओडारको ठूलो ढुंगामा गई बसे

यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगा प्रहार
ढुंगामा बसेको बेला ६९ मंगलसेन ७६ (परिवर्तित नाम) ले इशरासँग मायाको चिनो दोपट्टा मागे । दिन इन्कार गरेपछि उनको सेतो दोपट्टा खोसेर सँगैका साथी ६९ मंगलसेन ७३ (परिवर्तित नाम) लाई दिए । इशरासँग टेलिफोनमा संवाद गर्दै आएका ६९ मंगलसेन ७३ ले नै दोपट्टा पाए । त्यही क्रममा उनले नै सरस्वतीको दोपट्टा मागे ।

तर, सरस्वतीले दिइनन् । त्यसपछि उनले सरस्वतीको इयरफोन खोसे । सरस्वतीले दाइको इयरफोन भन्दै फिर्ता मागे । इशराले दोपट्टा मात्र दिएपछि किशोरहरूका बीच नै विवाद हुन थाल्यो । त्यसपछि उनीहरू बसेको ठूलो ढुंगामा दोपट्टा खोसाखोस भयो । त्यही बेला सरस्वती इशरातिर गइन् । इशरा भने बाख्रा फर्काउन गइन् । त्यसपछि सरस्वती ढुंगाको तलतिर उभिइन् । सोही समयमा ६९ मंगलसेन ७६ सरस्वती भएको स्थानमा आए । उनले यौनसम्पर्कको प्रस्ताव राखे । सरस्वतीले विवाह गर्ने भएपछि मात्र यौनसम्पर्क गर्न दिने भनिन् । किशोरले ५–६ वर्षपछि विवाह गर्ने भनी आश्वासन दिए । दुईबीच यही विषयमा विवाद भयो । त्यसपछि सरस्वती खोलातिर गइन् । सोही बेला यौनसम्पर्क गर्न नदिएको झोंकमा किशोर (६९ मंगलसेन ७६) ले नजिकै रहेको ढुंगाले सरस्वतीको टाउकाको पछाडिको भागमा प्रहार गरे । सरस्वती सोही स्थानमा ढलिन् । उनी बेहोस भइन् । त्यसपछि ती किशोर पहिला उनीहरू बसेको ढुंगा नजिक गए । अनि हातले ढुंगा लडाउन खोजे ।

तर, ढुंगा लडाउन नसकेपछि जमिनको भित्तामा अडेस लगाएर दुवै खुट्टाले ढुंगा लडाए । बेहोस भएकी सरस्वतीलाई भाग्न अर्का किशोरले भने । ढुंगा आयो भन्दै किशोर कराइरहे । इशरा खड्का र उनका ‘प्रेमी’ दुवै जना सरस्वती लडेको ठाउँमा पुगे । त्यसबेलासम्म सरस्वतीको मृत्यु भइसकेको थियो । त्यसपछि ती किशोरहरू सरस्वतीको मृत्यु’दयगत घरमा नभन्न इशरालाई दबाब दिन थाले । तर, इशराले अस्वीकार गरिन् ।

त्यसपछि उनले घरतिर जाने प्रयास गरिन् । सरस्वतीको टाउकामा ढुंगाले हानेका किशोरले इशराको हात समाए । त्यसपछि पछाडि धकेले । इशराको बाटो छेके । त्यतिबेला इशराका प्रेमी (६९ मंगलसेन ७३) ले ढुंगा समाइसकेका थिए । उनले इशराको निधारमा प्रहार गरे । इशरा पनि ढलिन् । पछि अर्को किशोरले पनि ढलेकी इशराको अनुहारमा ढुंगाले पटकपटक हाने । त्यहीँ इशराको पनि मृत्यु भयो । त्यसपछि दुवै किशोर त्यहाँबाट भागे । राजधानी दैनिक 

 

तपाईको प्रतिक्रिया