Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, १९ माघ २०८१ । झापाको कन्काई नगरपालिकामा कुकुरको टोकाईबाट एक ७ वर्षीय बालकको मृत्यु भएको छ ।

संखुवासभा चैनपुर नगरपालिका वडा न।७ घर भई हाल कन्काई नगरपालिका वडा नं। २ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका छोरा ७ वर्षीय प्रकाश रम्तेललाई बिगत डेढ महिनाअघि कुकुरले टोकेको थियो । कुकुरले टोकेर अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकोमा हिजो बिहान ११ बजे बालकको स्वास्थ्यमा समस्या आएको थियो ।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर हुँदै गएपछि तत्काल हेटौडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव सोही अस्पतालमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया