Online Bichar
मंगलबार, जेठ १६, २०८० | Tuesday, May 30, 2023

काठमाडौँ, २६ पुस । महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्य्विनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए । ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए ।

रासस

तपाईको प्रतिक्रिया