Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

सिड्नी, २६ पुस । अष्ट्रेलियाको एक नदीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थी बेपत्ता भएका छन्।

अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्नेक्रममा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएका हुन्।

बुधबार साँझ सात बजेतिर घटना भएको हो। घटना लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवकले खोजी तिब्र पारेका छन्। तर, नदिको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

हराईरहेका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए। पण्डित पहिलो पटक नदीमा पौडी खेलिरहेका थिए।

प्रत्यक्षदर्शीका अनुसार घुँडासम्म आउने पानीमा बिगुल साथीभाईसँग पानी छ्यापाछ्याप र फुटवल खेल्दै रमाईलो गरिरहेका थिए। अचानक गायब भएपछि सबै जना मिलेर खोजे पनि फेला पारेका थिएनन्।

दुई साताअघि पनि एडिलेडमा शारीरिक अपाङ्गता भएका बालक बचाउन खोज्दा निश्चल घिमिरेको समुन्द्रमा डुबेर ज्यान गएको थियो।

नेपालीको जनसंख्या बढेसँगै अष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।

समुन्द्रबारे जानकारी नहुनु र पौडी खेल्न नआउँदा यस्ता घटना वर्षेनी दोहोरिरहेको अन्तर्रा्ष्ट्रिय विद्यार्थी काउन्सिलका अध्यक्ष विजय सापकोटाले बताए।

अष्ट्रेलियामा बस्ने र पौडी खेल्न इच्छुकले पौडी र समुन्द्र बारे जानकारी लिनैपर्ने सापकोटाले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments