Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

इटहरी, २६ पुस । सम्झौता अनुसार रानी(विराटनगर( इटहरी(धरान व्यपारीक सडक आयोजनाको सम्पूर्ण काम चैत्र भित्रमा सम्पन्न भइसक्नु पर्ने हो । तर सरकारी संयन्त्रकै असहयोगका कारण त्रिदेसिय लिंक रोडको काम अहिले सम्म ४० प्रतिसत मात्रै सम्पन्न भएको छ ।

सरकारी संयन्त्रहरु बिराटनगर महानगरपालिका, इटहरी उप(महानगरपालिका, दुहवी नगरपालिका, खानेपानी आयोजना र नेपाल बिद्युत प्राधिकरणको असहयोगका कारण ६ लेन सडकको काम अगाडि बढ्न सकेको छैन ।

भारतीय सिमानासँग जोडिएको क्षेत्रदेखि नहर सम्मको सडक बनाउने ठेक्का आशिषरएपेक्सररोशन जेभीले संयुत्त रुपमा पारेको छ । त्यस क्षेत्रको काम ८२ प्रतिसत काम सम्पन्न भएको आयोजनाको अभिलेखमा उल्लेख छ ।

बाँकी रहेको १८ प्रतिसत काम सक्न रानी भन्सार कार्यालय अबरोध बनेको छ । सडकको ‘राइट अफ वे’ मा पर्ने २ सय मिटर सडक क्षेत्रमा भन्सार कार्यालय परेको र सो क्षेत्र भन्सारले खालि नगरिदिएका कारण त्यो खण्डको काम अहिले अलपत्र परेको छ ।

के छ राजपत्रमा ?
२०२१ साल फागुन ११ गतेको राजपत्रमा निस्किएको सुचनामा जोगबनी सडक खण्डको राइट आफ वे सडकबाट २५र२५ गज हुने उल्लेख छ । त्यसको १५ दिन पछि पुन राजपत्रमा जोगबनी धरान सडकको राइट आफ वे सडकको सेन्टर लाइनबाट २५र२५ मिटर हुने उल्लेख भयो ।

तर दुहबी क्षेत्रको २ किलोमिटर बजार क्षेत्रको बारेमा भने पुन २०५४ साल चैत्र ३ गते राजपत्रमा सुचना जारी गर्दै सडकको राइट आफ वे घटाइयो सरकारले ०३४ असार २० गते राजपत्रमा सडकको बीचबाट २५ मिटर दायाँबायाँ मापदण्ड कायम गरेको थियो।

तर ०५४ मा पुनस् राजपत्रमा उक्त सडकको दुहबी बजार खण्डमा सडकको बीचबाट सबा आठ मिटर मापदण्ड कायम गरेकाले समस्या हुदै आएको छ ।

भन्नलाई ६ तर ४ लेन मात्रै
विराटनगर(धरान ६ लेनको सडक निर्माण गर्ने गरी आयोजना निर्माण भएको हो । तर, बजार क्षेत्रमा घर भत्काउने, सडकमा रहेका टेलिफोन र बिजुलीका पोल सार्ने तथा रुखहरू काटनुपर्नेलगायतका समस्याले ६ लेनको सडक चार लेनको मात्र निर्माण हुने गरी खुम्चिएको छ ।

कतिपय ठाउँमा घर भत्काउन नसक्दा चार लेनभन्दा पनि साँधुरो सडक बनाउनुपर्ने बाध्यता आयोजनाका इन्जिनियर दास भन्छन् ।

 

तपाईको प्रतिक्रिया