Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

२२ पुस । जापानका एक जना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर ( ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्छ ।अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वा्धिक बढी मूल्यमा टुना किनबेच भएको थियो ।
ब्मखभचतष्कझभलत

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा २७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।

‘टुना किङ’को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोसी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यसअघि सन् २०१३ मा पनि कियोसीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरे ।‘यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,’ जापानमा सुसी रेस्टुरेन्टका मालिक कियोसीले गर्वसाथ समाचारदातालाई बताए ।

‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,’ उनले भने । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्छ ।

तपाईको प्रतिक्रिया