Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, २४ मंसिर २०८१ । अनलाइनमार्फत ठगी गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-४ महाराजगंज चप्पलकारखाना बस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने १९ वर्षीय विपिन मक्राती र नुवाकोट म्यागङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीया मधु तामाङ रहेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली आइफोन सस्तो मूल्यमा बिक्रीमा रहेको भन्ने झुठ्ठा विज्ञापन पोष्ट गरी निवेदकहरूलाई एडभान्स वापतको रकम समेत पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।

तपाईको प्रतिक्रिया