Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठ्माडौं, २० मंसिर २०८१ । राहदानी विभागले २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिाएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाकम साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ ।

अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनााएको छ । सबै जिल्ला र विदेशस्थित नियोगमा पनि सेवा ‘रि स्टोर’ हुन सकेको छैन ।

‘हालसम्म जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२ स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः तीव्रता पूर्वक काम भइरहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने काम भइरहेको सूचनामा उल्लेख छ । सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको भन्दै विभागले असुविधाप्रति क्षमायाचना गरेको छ ।

विद्युतीय राहदानी प्रणालीमाथि साइबर हमला भएपछि ५ मंसिरदेखि १० मंसिरम्म विभागको सेवा ठप्प भएको थियो । त्यसपछि विभागको कार्यालयबाट द्रुत सेवामा मात्रै राहदानी दिने सुविधा दिइएकोमा विभागले क्रमशः जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा सेवा पुनः सुरु गर्दै लगेको छ ।

अझै दर्जनौं कार्यालयहरू मा राहदानी सेवा कहिले सुरु हुन्छ भन्ने अनिश्चित छ ।

भैरहवामा नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बिहीबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताए ।

उनले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरे । उनले व्यवसायीहरूलाई उच्च मनोबल बढ्ने गरी काम गर्न आग्रह गरे । मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै मन्त्री पौडेलले त्यसमा सरकार र निजी क्षेत्र दुवै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शङ्का नगर्न पनि आग्रह गरे । विमानस्थलबारे सरकारले गरेका निर्णयहरू क्रमशः कार्यान्वयन हुँदै गएको भन्दै विमानस्थल राम्रोसँग चल्ने उनको भनाई थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले यो मुलुक पर्यटनकै लागि बनेको बताए। तेस्रो मुलुकका व्यक्तिलाई मात्रै पर्यटक भन्ने तर भारतीयलाई नभन्ने बानी रहेको जनाउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाई थियो । ३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्ग्यानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको सङ्घका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।

उनका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ । महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ भने २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

 

तपाईको प्रतिक्रिया