Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

झापा, १२ मंसिर २०८१ । झापाको काँकडभिट्टा नाकाबाट तस्करीको माध्यमबाट भारत पठाउन लागेको लसुन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मङ्गलवार साँझ ७ सय केजी लसुन बरामद हो ।

मेचीनगर नगरपालिका ६ स्थित बाँस झ्याङमा अवैध रुपमा ल्याइलुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ लाख ५० हजार बराबरको लसुन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । सो लसुन भारत पठाउन त्यहाँ ल्याएर राखिएको थियो । बरामद गरिएको लसुन आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया