Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

झापा, १० मंसिर २०८१ । झापाको कमलबाट प्रतिबन्धित औषधीसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाँउपालिका-७ का ३८ वर्षिय संदेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस्नेतले आफ्नै घरमा प्रतिबन्धित औषधी लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले आज उक्त घरमा चेकजाँच गर्दा TRAMADOL (ट्रामाडोल) ४९३ पत्ता (४,९३० क्यापसुल), SPASPAIN (स्पासेन) ५०३ पत्ता (५०२६ क्यापसुल), DECOLIC (डेकोलिक) ४२ पत्ता ४२० क्यापसुल फेला परेको जनाइएको छ । बस्नेतलाई उक्त सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया