Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २८ पुष । झापाको हल्दिवारी गाउँपालिका प्रमुख राविन्द्र लिङ्देनले सुत्केरी महिला हल्दिबारी – ५ निवासी सुजता तामाङ र नवजात शिशुलाई भेट्न जाँदा कुखुरको भाले बोकेर स्वास्थ्य संस्था पुगेका छन् ।
ब्मखभचतष्कझभलत

हल्दिबारी गाउँपालिका – ४ मा रहेको जलथल स्वास्थ्य चौकीमा सोमवार तामाङले शिशु जन्माएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था वुझ्न ‘लोकल भाले’ संगै हर्लिक्स, बच्चाका लागि न्यानो कपडा र डाइपर उपहाल लिएर स्वास्थ्य संस्था पुग्नु भएका गाउँपालिका अध्यक्ष लिङ्देनलाई देखेसंगै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी मात्र होइन सेवा लिन आएका सेवाग्राही नै सुरुमा छक्क परे ।

गत पुस १ गतेबाट जलथल स्वास्थ्य चौकीमा गाउँपालिकाको पहलमा वर्थिङ सेन्टर सञ्चालन गरिएपछि गाउँपालिका प्रमुख लिङ्देन सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य चौकी पुग्नु भएको थियो । स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर सञ्चालन गरिएपछि तामाङलाई स्वास्थ्य संस्थाले पहिलो पटक प्रसुति सेवा (सुत्केरी) प्रदान थियो ।

यस अघि त्यहाँका सर्वसाधारण प्रसुति सेवाका लागि मेची अञ्चल अस्पताल भद्रपुर वा अन्य निजी अस्पताल जान वाध्य थिए । आफ्नै ठाउँमा रहेको स्वास्थ्य संस्थाबाटै सहजै प्रसुति सेवा लिन सकिने भएपछि त्यहाँका सर्वसाधारणलाई प्रोत्साहन गर्न गाउँपालिका अध्यक्ष लिङ्देन नवजात शिशु र सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य संस्था पुग्नुभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया