Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

काठमाडौं, १५ असोज २०८१ । लागूऔषध बिक्री वितरण गर्ने फार्मेसी सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१७ का ५८ वर्षीय मित्रलाल शर्मा रहेका छन्।

पोखरा महानगरपालिका-७ स्थित रहेको शुभेक्षा फार्मेसीबाट लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

फार्मेसी र घरमा खानतलासी गर्दा ४५ हजार १८५ टापेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले बताए।

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए।

 

तपाईको प्रतिक्रिया