झापा, १३ असोज २०८१ । झापामा खोलाले बगाएर बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । कचनकवल गाउँपालिका-१ चमर भित्ता बस्ने पन्चु राजवंशीको छोरी १४ वर्षिया नेहारिका राजवंशीलाई आज मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बालिका ११ गते अन्दाजी ३:३० बजेको समयमा कचनकवल गाउँपालिका१ चमर भित्ता स्थित चमरभित्ताबाट झकुवा टोल आउदै गरेको समयमा उनलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएर लगेको थियो । उनको खोज तलास भइरहेको अवस्थामा आज १२:३० बजेको समयमा प्रहरी चौकी घेरावारीबाट खटिएको प्रहरी टोलि र सशस्त्र प्रहरीको टोलीले कचनकवल गाउँपालिका-१ चमरभिट्टा स्थित रहेको जमुना खोलाको बिचमा घोप्टो परी मृत अवस्थामा राजवंशीलाई फेला पारेको प्रहरीले जनाएको छ । कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापावाट प्रहरीको खटिएको जनाइएको छ ।






