Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काभ्रे, १५ पुस । अंग्रेजी नयाँ वर्षका लागि धुलिखेलका होटलहरु भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउनेहरुले धुलिखेलमा रहेका ६० वटा होटल १ महिना अगाडिदेखि नै बुक गर्न थालेका थिए । अहिले सबै होटलका सबै कोठा भरिएका होटल ब्यवसायीहरुले बताएका छन् ।

२०१९ जनावरी १ का लागि धुलिखेलका होटल बुक गर्नेमा ८० प्रतिशत आन्तरिक पर्यटक रहेका क्षेत्रीय होटल संघ काभ्रेकी सचिव जोत्सना शैंजूले बताइन् ।

उनले भनिन् ‘राजधानीबाट नजिक, मनोरम दृश्य, शान्त वातावरण, हिमालको काखमा रहेर, नयाँ वर्ष मनाउन धुलिखेलमा प्राय पारिवारिक रुपमा आउने संख्या धेरै छन् ।’ नयाँ वर्षका लागि काभ्रेका होटलमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि राखिएको छ । धुलिखेलमा नयाँ वर्षमा एक हजार भन्दा बढी पर्यटक बास बस्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया