Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

काठमाडौं, १० असोज २०८१ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ४९ अंकले बढेको नेप्से आज ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स १.१७ प्रतिशतले घटेर ४४७.४५ विन्दुमा अडिएको छ।

नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३२२ स्क्रिप्सको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब ८१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.८५ प्रतिशतले बढ्यो। ग्रीन भेन्चर्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।

४७ करोड बढीको कारोबार गरी अपी पावर शीर्षस्थानमा रह्यो। एनएलजी इन्स्योरेन्सको १७ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १४ करोड र सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्सको १३र१३ करोडको सेयर कारोबार भयो।

यसदिन मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक राताम्मे देखिएका छन्। कारोबारमा आएका ३९ स्टक्सको मूल्य बढ्दा २०१ को घट्यो। ४ वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो।

 

तपाईको प्रतिक्रिया