Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

मधुमल्ला, १५ पुस । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यलाई स्थानीयले बिहिबार कार्यालयमा ज्ञापन पत्र बुझाउन जाँदा नबुझेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

योसँगै स्थानीय सरकार साना९तिना समस्याहरुमा विवादमा मुछीदैं आएको छ । उर्लाबारी र मिक्लाजुङको सिमाना विवाद समाधान नहुँदै पुन स्थानीय स्तरका योजनाहरुमा समेत विवाद देखीन थालेको छ ।

साथै गउँपालिकाले ज्ञापनपत्र लिन नमाने पछी स्थानीयले रु २८ को टिकट टाँसी हुलाक मार्फत निवेदन पठएको स्थानी खगेन्द्र भण्डारीले बताए । साथै वडा नं। ७ र ९ का वडाध्यक्ष्लाई ज्ञापन पत्र बुझाई आफ्नो माग राखेको बताए ।

बिहिबार संसद बिकाश कोषको रकम मिक्लाजुङ ९ को गाउँपालिका पुर्वबाट मनोहर जनता मा।विसम्म कालो पत्रे हुनु पर्ने माग राख्दै ज्ञापन पत्र लिएर गएका स्थानीयको ज्ञापन पत्र गाँउपालिका अध्यक्षले लिन नमानेको उपभोक्ता खगेन्द्र भण्डारीले बताए ।

संसद विकाश कोषको रकमले संसद कुल प्रसाद साम्बाले गाउँपालिका पुर्व हुँदै मनोहर जनता माविसम्म कालो पत्रे गर्ने आस्वस्था पारेको स्थानीहरुले बताउँदै आएका छन् ।

तर हाल सो रकम बैंक चोक, नाइटे पानी हुँदै वन क्वाटरसम्म कालो पत्रे भनी प्रदेशबाट पत्र आए पछी यो बिषयमा विवाद उत्पन्न भएको हो ।

स्थानीयले भने यस अघी वडाले ड्रेन निर्माणका लागि छुट्याएको रकम समेत संसद कोस बाट रकम आउने भन्दै अन्य काममा सारीएको उपभोक्ता समितिका संयोजक राजेन्द्र घिमीरेले बताए ।

मिक्लाजुङ गाउँपालिको वडा नं। ७ र ९ मा पर्ने यि दुई संयुक्त स्थानका २ फरक९फरक योजना एउटै जस्तो देखीने भएकाले समेत विवादास्पद बनेका छ ।

ज्ञापन पत्र बुझ्न नमानेको बिषयमा गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यसंग बुझ्दा आफ्नै ठाउँका २ ओटा योजना बैंक चोक नाइटे पानि बन क्वाटर र गाउँपालिका पुर्व हुँदै मनोहरका लागी प्रदेश सरकारसंग चार करोड पाँच लाख माग गरेको र ति योजना मध्ये बैंक चोक नाइटेपनी बन क्वाटर योजना छनौंट भई आएको र एकै स्थानका उस्तै उस्तै जस्ता दुई योजना परेकाले लाई दुई टोल बिच असमझदारी भई विवाद उत्पन्न भएको आचार्यले बताए ।

प्रति प्रश्नमा ज्ञापन पत्र बुझन नामनेको स्थानीयको आरोप छ नी रु भन्दा आचार्यले भने उहाँहरुको माग निवेदमा गाउँपालिकालाई सम्बोधन गरी वडालाई बोदार्थ लेखीएको तर आफुले वडालाई सम्बोधन गरी गाउँपालिकालाई बोदार्थ निवेदन दिनुस । निवेदन सच्याएर ल्याउनुहोस भनेको आचार्यले बताए ।

तर ज्ञापनपत्र बुझाउन गएका स्थानीयले भने अध्यक्षले आफुसंग समय छैन म बुझ्दीन भन्दै ज्ञापन पत्र बुझ्न नमानेको स्थानीय अर्जुन श्रेष्ठले बताए ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया