Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

आम्दानी खर्चको सामाजिक लेखापरीक्षण गराइनुपर्ने सहभागिको माग

गौरादह, १४ पौष । झापाको गौरादह नगरपालिकामा देखिएको अपारदर्शिता अन्त्य गर्दै भ्रष्टाचार रहित समृद्ध नगरपालिका बनाउन नगरबासीहरुले माग गरेका छन् ।

झापाको गौरादह बजारमा “शुसासनका लागि संघर्ष समिति” गौरादहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नगरपालिका भित्र शुसासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन् ।

कार्यक्रमको औचित्य प्रष्ट पार्दै समितिका संयोजक तथा कार्यक्रमका सभापति राजकुमार दाहालले नगरपालिकामा शुसानका लागि खबरदारी गर्ने उद्देश्यले नगरपालिका समक्ष पेश गर्ने मागपत्र तयार गर्न सुझाब संकलन र अन्तरक्रिया गरिएको बताए । नगरबासीको उपस्थितिमा अन्तरक्रिया गरेर तयार गरेको मागपत्र संघर्ष समितिले नगरकार्यपालिकामा पेश गर्ने कार्यक्रम समेत रहेको संयोजक दाहालले स्पष्ट पारे ।

अन्तरक्रियामा उठेका मागहरुमा गत आर्थिक वर्ष ०७४÷०७५ को गौरादह नगरपालिकाको आय व्यय नागरिक समाजको रोहबरमा सामाजिक लेखा परीक्षण गर्न तत्काल विशेष नगर सभा बोलाई निर्णय गरिनुपर्ने । चालु आर्थिक वर्षको चौमासिक आय व्यय पनि नागरिक समाजको रोहबरमा आन्तरिक लेखा परिक्षण गरिनुपर्ने । त्यसैगरी नगरपालिकाले तत्काल बजेट पुस्तिका सार्वजनिक गर्नुपर्ने मागहरु तयार गर्न सहभागिहरुले सुझाब दिएका छन् ।

छलफलमा पदाधिकारीहरुको फजुल खर्च तत्काल संसोधन गरी मितव्ययिता अपनाउनु पर्ने साथै सो शिर्षकको बजेट शिक्षा स्वास्थ्यमा थप गरिनुपर्ने, घर नक्सा पास गर्नका लागि नगरबासीहरुले पाइरहेको दुखको अन्त्य हुनुपर्ने, टोल विकास समितिलाई अधिकार सम्पन्न बनाई योजना छनौट बजेट विनियोजन तथा उपभोक्ता समिति गठनमा जिम्मेवार बनाइनुपर्ने, स्थानीय सरकारले आवश्यक सामग्री खरिद बिक्रि गर्दा स्थानीय उद्योगी व्यवसायीलाई प्रक्रिया पुरा गरी प्राथमिकता दिनुपर्ने लगायतका माग अघि सारिएकाछन् ।

संघर्ष समितिले गौरादह नगरपालिकामा खबरदारी बढाउने निर्णय समेत गरेको छ । संघर्ष समितिका सह संयोजक अनिस कार्कीले संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेका थिए । कार्कीका अनुसार आइतबार नगरपालिकामा पत्रकारहरुको उपस्थितिमा मागपत्र पेश गर्ने, अर्कोदिन राजनीतिक दलहरु संग बार्ता छलफल गनर्,े नागरिकहरुलाई सेवा पुर्याउने तथा खबरदारी गर्ने उदेश्यले नगरपालिकाको कार्यलय परिसरमा सहायता कक्ष(हेल्प डेक्स) संचालन गरिने छ । राखिएका मागहरु नगरपालिकाले बेवास्ता गरेमा समितिले धर्ना लगाएतका कडा आन्दोलनका कार्यक्रम अघिसारिने समितिका सदस्य नारायण शर्माले बताए ।

अन्तक्रियामा उद्यो वाणिज्य संघ गौरादहका पूर्व अध्यक्ष टीका प्रसाद श्रेष्ठ, समाजसेवी कृष्ण किसोर कार्की, मोहन कृष्ण घिमिरे, चानक राउत, लक्ष्मी ढकाल, राजन खनाल, देवेन्द्र खड्का लगाएतले मन्तब्य राखेका थिए । बक्तहरुले भ्रष्टचार रहित समृद्ध नगरपालिका बनाउन नागरिक समाजले खबरदारी गर्न आवस्यक रहेकोमा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रमको भेलाले संघर्षका लागि आवश्यक परामर्श गर्न सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिमा मोहन कृष्ण घिमिरे, कृष्ण किशोर कार्की, चानक राउत, टीका प्रसाद श्रेष्ठ, देवेन्द्र खड्का, चक्रपाणी बराल, पूर्ण बहादुर कार्की रहेका छन् ।

संघर्ष समितिका सदस्य रबिन्द्र ढुंगानाले संचालन गरेको तथा सदस्य नारायण शर्माले स्वागत मन्तब्य राखेको अन्तरक्रिया कार्यक्रम समितिका संयोजक राजकुमार दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया