Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १४ पौष, अनलाइनबिचार । झापाको गौरादह नगरपालिकामा कानुन बिपरित बजेट संसोधन भएको रहस्य खुलेको छ । चालु आर्थिक बर्ष २०७५–०७६ को लागि नगर सभाले पास गरेको बजेट ऐन मिचेर संसोधन गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।

बिहिबार नगरपालिकामा भएको पत्रकार सम्मेलनमा कार्यपालिका आफैले पेस गरेको खर्चको फांटबारीबाट यस्तो तथ्य फेलापरेको छ । गत साउनमा सम्पन्न दोस्रो नगर सभाले पास गरेको चालु खर्चका ८ वटा शीर्षकमा प्रक्रिया बिनानै बजेट संसोधन भएको छ ।

नगर सभाले पास गरेको बजेट तथा नीति कार्यक्रम नगरपालिकाको वेबसाइटबाटमा राखिएको छ । वेबसाइटमा राखिएको यस आर्थिक बर्षको चालु खर्चमा बिनियोजित बजेट र पत्रकार सम्मेलनमा पेश गरिएको चालु खर्चको फाटबारीमा समावेश गरिएको बार्षिक बजेटको शीर्षक मिलेका छन् तर बजेट बाँडफाँडमा भने फरक परेको छ ।

कर्मचारी प्रोत्साहान भत्ता पुरस्कार – ११ लाख बिनियोजनलाई १८ लाख बनाइएको छ । मसलन्द तथा कार्यलय सामाग्री – ५२ लाख बिनियोजनलाई ६० लाख बनाइएको छ ।
विविध कार्यक्रम खर्च – ४ लाख बिनियोजनलाई ६१ लाख ४५ हजार बनाइएको छ ।
कार्यक्रम खर्च(कृषि, शिक्षा, स्वास्थ्य, पशु)– २ करोड २० लाख लाई घटाएर १ करोड ७७ लाख
सीप विकास तथा जनचेतना तालिम– १ करोड ६७ लाख बिनियोजनलाई १ करोड ७३ लाख
शैक्षिक संस्था सहायता– ४ लाखलाई १२ लाख
स्वास्थ्य संस्था सहायता– ४ लाखलाई ७ लाख ५० हजार
छात्राबृत्ति– ४ लाखलाई ७ लाख बनाइएको छ ।

नगरसभाले पास गरेको बजेट भित्रभित्रै कर्मचारि र कार्यपालिकाको मिलेमतोमा कानुन बिपरित किन संसोधन गरिएको भन्ने बिषयमा नगर प्रमुख रोहित कुमार शाहाले आफुलाई यस बारेमा थाहा नभएको बताए । नगर सभाले पास गरेर नगरको वेबसाइटमा राखिएको बजेट नै आधिकारिक भएको जोडदिए । प्रमुख शाहाले यस बारेमा गहिरो अनुसन्धान र छानबिन समेत गरेर के भएको हो सार्बजनिक गरिने बताए । बजेट संसोधनको रहस्यको बारेमा कार्यलयका लेखा अधिकृतसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । नगरपालिकाका लेखपाल कबेन्द्र प्रसाईंकाले पनि नगर सभाले पास गरेको बजेट फेरबदल नहुने र यो के भएको रहेछ अध्ययन गरिने बताए ।

नगरको बजेट संसोधनको विषयमा वार्ड अध्यक्ष तथा कार्यपालिका सदस्यहरु आफु अनबिज्ञ रहेको बताउछन् ।
कार्यपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पेश भएको तथ्यांकको बारेमा प्रमुख तथा पदाधिकारीहरुले अनबिज्ञता देखाउनु जनप्रतिनिधिको लापरबाही रहेको बताउछन् स्थानीय चक्रपाणि बराल ।

झापाका १५ ओटा स्थानीय तहको तुलनामा जनप्रतिनिधि र कर्मचारीको सुविधामा गौरादहमा बढी चालु खर्च बिनियोजन गरेको तथ्यांक केही दिनदेखि संचार माध्यम तथा सामाजिक संजालहरुमा आइरहेको छ ।

न्युन अन्तरिक आयश्रोत १ करोड १ लाख मात्र भएको गौरादह नगरपालिकाले जनप्रतिनिधिको पारिश्रमिक, बैठक भत्ता, अन्य सुविधा, इन्धन, भ्रमण, तालिम, भत्ता लगाएतका शिर्षकमा बढी बजेट बिनियोजन गरेको तथ्य बाहिर आएर सर्बत्र आलेचना भएपछि कार्यपालिकाले गरेको पत्रकार सम्मेलन पनि औपचारिकतामा सिमित भएको हो ।

पदाधिकारीहरुको सेवासुविधामा बिनियोजित रकम आउदो नगर सभाबाट संसोधन गर्ने सम्मको जवाफ समेत आएन संचारकर्मीले जिज्ञासा राख्दा ।

कानुनी प्रक्रिया बिना नै बजेटमा भएको कर्मचारी र पदाधिकारीहरुको चलखेलले गौरादह नगरपालिका अपारदर्शी बन्दै गएको प्रमाण थपिएको छ ।

गौरादह नगरपालिकाले गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा सम्म पनि कार्यपालिकाले नीति कार्यक्रम तथा वजेट समावेश गरेको पुस्तिका प्रकाशन गरेको छैन । बरु भित्रभित्रै बजेट संसोधन भएको छ । पत्रकार सम्मेलनमा नगरपालिकाले गत असार ३२ गतेको मिति राखेर पौष ११ गते राजपत्र प्रकाशन गरेको विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दा पदाधिकारीहरु मौन रहे ।

नगरसभाले पास गरेर नगरको वेबसाइटमा राखिएको चालु खर्चको बजेट

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पत्रकार सम्मेलनमा पेश गरिएको खर्चको फाटवारीको बार्षिक बजेट

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया