Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा – नेपालको पूर्वको प्रसिद्ध नगरी झापाको दमक चिनाउने त्यस्ता रहस्य के के होलान् ? सबैको चासो र चाहनाको सम्बोधन हुनेगरी दमकमा दमक महोत्सव- २०७४ हुने भएको छ । एक नम्बर प्रदेशलाई लक्षित गरी
दमकर दमकको पहिचान स्थापित गर्न सघाउ पुग्ने अपेक्षा सहित दमक महोत्सव हुने भएको हो । आगामी पुष २७ देखि माघ ८ गते सम्म दमक महोत्सव हुने भएको हो ।

दमक उद्योग वाणिज्य संघले स्थानीय उत्पादन, पर्यटकीय क्षेत्र तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव गर्न लागेको हो । मंगलबार आयोजीत पत्रकार सम्मेलनमा औद्योगीक व्यापार कृषि तथा पर्यटन महोत्सवका रुपमा दमक महोत्सव आयोजना गर्न लागेको जानकारी दिइएको छ ।
संघका अध्यक्ष राजेन्द्र ढकालले महोत्सवमा बिभिन्न उत्पादन तथा प्रदर्शनीका २ सय स्टल राखिने बताए । उनले दमक उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको यो चौथो महोत्वस भएपनि संघीय प्रणाली पछिको प्रदेश स्तरीय पहिलो महोत्सव भएको बताए ।

२०६७ साल यता संघले महोत्सव गरेको थिएन । यो महोत्सवका लागि संघका कार्यसमिति सदस्य राजन दंगालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । संयोजक दंगालले महोत्सवमा कृषि र स्थानीय उत्पादन सँग जोडिएका सामानलाई प्राथमिकता दिने बताए ।
महोत्सव दमक ७ को सयपत्री टोलमा हुने जानकारी दिँदै संयोजक दंगालले महोत्सवमा घरेलु उत्पादन र जातीय पहिचान सहितका सामाग्रीलाई निशुल्क स्टल उपलब्ध गराइने पत्रकार सम्मेदनमा जानकारी दिए ।
प्रदेश नं १ को प्रादेसिक महोत्सब, औद्योगिक, ब्यापार, कृषि एंव पर्यटन महोत्सव नाम दिइएको यो पटकको दमक महोत्सवमा ८७ लाख अनुमानित खर्च हुने जनाइएको छ भने महोत्सवले २५ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ । आम्दानी भएको रकमलाई ब्यवसायिक हित सँगसँगै सामाजीक काममा पनि खर्चने आयोजकको भनाई छ ।
महोत्सवमा बिभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका कलकारहरुको बिजोड प्रस्तुती र बिभिन्न खेल तमासा समेत रहने जनाइएको छ भने महोत्सवमा माधक पदार्थ विक्रि वितरणलाई भने पूर्ण रुपमा रोक लगाइएको जानकारी दिइएको छ । आयोजकका अनुसार यो पटक कुनैपनि रक्सी र वियरलाई प्रायोजन गर्न नदिने निर्णय छ भने तुलसी बहुउदेश्य सहकारी संस्था प्रायोजक रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया