Online Bichar
मंगलबार, बैशाख २२, २०८३ | Tuesday, May 5, 2026

इलाम, १५ भदौ २०८१ । दक्षिण कोरियामा निधन भएकी इलामको माई नगरपालिका–१ तिलटारकी सोनु श्रेष्ठको परिवारलाई ६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ।

इलामेली समाज कोरिया, विद्यार्थीहरूको संस्था सोनसिक र एनआरएनए कोरियाले संकलन गरेको ६ लाख २१ हजार ६५५ रुपैयाँ मृतक श्रेष्ठको घरमा पुगेर हस्तान्तरण गरिएको हो। एक कार्यक्रमबीच इलामेली समाज दक्षिण कोरियाका पूर्व उपाध्यक्ष मुकेश राईले हस्तान्तरण गरे।

अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी २० वर्षीया श्रेष्ठको गत भदौ २ गते निधन भएको थियो। सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसामा दक्षिण कोरिया गएकी थिइन्। उनका बुवा लीलाकुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए।

मलेसियामा रहेका लीला कुमारको पनि जेठमा निधन भएको थियो। सोनुका परिवारमा आमा, भाइ र बहिनी तीनजना। दिदीको बिहे भइसकेको छ।

४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमै सामान्य खेतीपाती गर्छिन्। सोनुका भाइ कक्षा ७ मा र बहिनी कक्षा १२ मा अध्ययन गर्छन्। कोरियामा रहेको संघसंस्थाको पहलमा उनको शव गत भदौ ९ गते घर ल्याएर अन्तिम संस्कार गरिएको थियो।

 

तपाईको प्रतिक्रिया