Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

काठमाडौँ, १३ भदौ २०८१ । नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो।

स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया