झापा, १० भदौ २०८१ । झापाको कमलबाट प्रतिबन्धित औषधिहरुसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाँउपालिका-७ एकता चोक बस्ने १९ वर्षिय मिलन बस्याल रहेका छन् ।
विशेष सूचनाको आधारमा आईतबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी र महारानीझोडाबाट खटिएको प्रहरीको संयुक्त टोलीले बस्यालको घर कोठामा तलासी लिदा प्रतिबन्धित औषधी एन्टिकफ ट्यावलेट २२५ पत्ता ( २२५० पिस ), ट्रामाडोल ७० पत्ता (७०० पिस ) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान कार्य जारि रहेको प्रहरीले जनाएको छ ।