Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

जेबि खड्का

गौरादह, ९ भदौ २०८१ । युवा जनसमुदायमा बिदेश जाने लहर चल्न थालेपछि ईलाका प्रशासन कार्यलयमा राहदानी बनाउनेको संख्यामा बृद्धी भएको छ।आर्थिक बर्ष २०७९/०८० मा ईलाका प्रशासन कार्यलय गौरीगंजमा ३ हजार २ सय ९८ जनाले राहदानी बनाउन आवेदन दिएका थिए। आर्थिक बर्ष २०८०/०८१ मा ३ हजार ३ सय ५९ जनाले आवेदन दिएका छन। आर्थिक बर्ष २०७८/०७९ मा राहदानी बनाउनेको संख्या २ हजार १ सय ७८ थियो।

केही बर्ष पहिले ईलाका प्रशासन कार्यलयमा नागरिकता बनाउनेको भिडभाड हुने गर्थियो। पछिल्लो समयमा नगरिकता बनाउने भन्दापनि राहदानी बनाउनेको संख्या बढी देखिन थालेको छ। नेपाली नागरिकता भएका युवाहरुलाई राहदानी महत्त्वपूर्ण देखिन थालेको छ। आफ्नो देशमा रोजगारीमा अवसर नपाइने महसुस गरेपछि युवाहरु बिदेश तर्फ आकर्षित भएका हुन।ईलाका प्रशासन कार्यलयमा नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या बढेको देखिन्छ।

आर्थिक बर्ष २०८०/०८१ मा झापाको ईलाका प्रशासन कार्यलय गौरीगंजमा नयाँ नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या बढी भएको देखिन्छ। गत आर्थिक बर्षमा प्रशासन कार्यलय गौरीगंजमा नयाँ नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या ३ सय ४२ जना बढी देखिन्छ।ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख चुडामणी आपागाँईका अनुसार गत आर्थिक बर्षमा ३ हजार १७ जनाले नयाँ नागरिकता कार्यलयबाट लिएको जानकारी गराएका छन। सोही आर्थिक बर्षमा ३ हजार ३ सय ५९ जनाले राहदानीका लागि आवेदन दिएको बताएका छन। राहदानीका लागि ३ हजार २ सय ५४ जनाले आवेदन दिएको १ सय ५ जनालाई राहदानी बिभाग सफारिस गरेकोमा ३ हजार २ सय ३७ जनालाई राहदानी बितरण गरिएको जानकारी गराएका छन। ईलाका प्रशासन कार्यलय गौरीगंजमा १ हजार ९ सय ४५ जनाले बंशजको नागरिकता लिएको, बुवाआमाको जन्म सन्तानको नागरिकता भएका छोराछोरीहरु ९ सय ७८ जनाले नागरिकता बनाएका र ९४ जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका प्रमुख आपागाँइले बताएका छन।

राष्ट्रिय परिचयपत्रका लागि ५ हजार २ सय ५७ जनाले विवरण दर्ता गराएको प्रशासन कार्यलयका सुचना अधिकारी बिरेन्द्र चौहानले बताएका छन। गत आर्थिक बर्षमा २३ वटा संस्था नविकरण भएको र ८९ जनाले नाबालक परिचयपत्र बनाएको सुचना अधिकारी चौहानले बताएका छन। ईलाका प्रशासन कार्यलय गौरीगंजले गत आर्थिक बर्षमा १ करोड ७७ लाख ५७ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको छ। राहदानी शुल्कबाट १ करोड ७७ लाख ४० हजार ५ सय संस्था नबिकरण दस्तुरबाट १६ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन भएको कार्यलयका आर्थिक प्रशासन प्रमुख यमनाथ सन्जेलले जानकारी गराएका छन। ईलाका प्रशासन कार्यलय गौरीगंजबाट समुदाय प्रमाणित सिफारिस १ सय ४४ बजार अनुगमन ६ पटक र लागू औषध दुर्ब्यसन बिरुद्ध सचेतना अभियान समुदाय र बिद्यालय केन्द्रित अभिमुखिकरण, अन्तरकृया, नाटक प्रदर्शनी सहित ३८ पटक गरिएको सुचना अधिकारी चौहानले जानकारी गराएका छन।

तपाईको प्रतिक्रिया