Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

तनहुँ, ७ भदौ २०८१ । तनहुँ बस दुर्घटनामा २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

‘अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। पोस्टमार्टम भएपछि मात्रै आधिकारिक कुरा आउँछ,’ प्रहरी स्रोतले भन्यो।

बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेहरूलाई काठमाडौं पठाइएको हो। प्रहरीका अनुसार उनीहरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारती पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो बसमा ४३ यात्रु सवार रहेको बताइएको छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया