Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानूपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने भएका छन् । प्रत्यक्षतर्फ तीनजना मात्र महिलाले जितेका कारण माओवादी केन्द्रले समानुपातिकबाट १५ महिलालाई सांसद बनाउने भएको छ । माओवादीबाट दुईजना पुरुषमा खस आर्यबाट हितराज पाण्डे र पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह सांसद बन्ने भएका छन् ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्दे्शिका, २०७४ को दफा ३१ (५) बमोजिम ‘समानूपतिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट पहिलो हुने निर्वाचन प्रणाली र समानूपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेगरी निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४०(४) र प्रतिनिधिसभा सदस्य समानूपातिक निर्वाचन निर्दे्शिका २०७४ को दफा ३१(६) बमोजिम ‘सिट संख्याको कम्तिमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरि संख्या निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

प्रत्येक कानूनी व्यवस्थालाई हेर्दा नेकपा माअ‍ोवादी केन्द्रले प्राप्त गर्ने समानूपातिकतर्फको १७ सिटमध्ये महिला १५, पिछडिएको क्षेत्रबाट एक जना र अन्य समावेशी समुहबाट एकजना पुरुष छनोट गरेको छ । बन्दसूचीको क्रम अनुसार माओवादी केन्द्रबाट सांसद बन्नेहरुको सूची यस्तो छ

खस आर्य महिला
१.रेखा शर्मा
२.पूर्णाकुमारी सुवेदी
३.धर्म्शिला चापागाई
४.सत्य पहाडी
५.सिता पोखरेल

आदीवासी जनजाति महिला
१.जयपुरी घर्ती
२.शशी श्रेष्ठ
३.ओनसरी घर्तीमगर
४.यशोदा गुरुङ्ग सुवेदी
५.अमृता थापा

मधेसी महिला
१.ईन्दु शर्मा
२.बोधमाया यादव

दलित महिला
१.अञ्जना विसंखे
२.दुर्गा विक

थारु महिला
१. रामकुमारी चौधरी

पिछडिएको क्षेत्र
प्रेमबहादुर सिंह

खस आर्य पुरुष
हितराज पाण्डे

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments