Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १३ पुस । बालाजु बाइपासमा शुक्रबार बिहान टिपर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । साथै ४ ट्याक्सीमा क्षति पुगेको छ ।

मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नम्बरको टिपरले थिचेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको हो ।

माटो बोकेर हिँडेको टिपरले थिचेर घाइते बिसंखेलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले घाइते बिसंखेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा घाइते बिसंखेको श्रीमती सान्नानी र नुवाकोट ककनी–५ का प्रज्ञारत्न लामा घाइते भएका छन् । प्रहरीका अनुसार बिसंखेको त्रिवि शिक्षण र लामाको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, टिपरको ठक्करबाट ४ ट्याक्सीमा क्षति पुगेको छ । ४ मध्ये बा १ ज १९४१ नम्बरको ्याक्सी पूर्णरुपमा क्षतविक्षत भएको कार्कीले जानकारी दिए ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया