Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

दाङ, १३ पुस । दिदी लक्ष्मीको जन्मदिन । गत शुक्रबार बिहान साढे तीन बजे घोराही उपमहानगरपालिका– २ का प्रदीप घिमिरेले दिदीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका थिए । दिदीसँगै आफ्नो तस्बिर पोस्ट गरेर प्रदीप बिहान ६ बजेतिर विद्यार्थी लिएर सल्यान उक्लिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका आफ्ना विद्यार्थीलाई सल्यानको वनस्पति उद्यान घुमाएर फर्कने क्रममा राम्री भन्ने ठाँउमा बस दुर्घटनामा परी प्रदीपको निधन भयो ।

आफ्ना गुरु तेज कुँवरसँग प्रदीपले बाचा गरेका थिए, ‘सल्यानबाट फर्कनासाथ सरसँग रमाइलो भेटघाट गर्छु ।’ ३१ वर्षीय प्रदीप गुरुसँग कहिल्यै भेट नहुने गरी अस्ताए ।

गुरुचेला दुवैले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पढाउँदै आएका थिए ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया