Online Bichar
आइतबार, बैशाख २०, २०८३ | Sunday, May 3, 2026

काठमाडौं, ३० साउन २०८१ । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट खारेज गरिदिएको छ।

ओलीको प्रधानमन्त्री असंवैधानिक रहेको भन्दै दायर भएको रिट आज बसेको संवैधानिक इजलासले खारेज गरेको अदालत प्रशासनले जनाएको छ।

संविधानको गलत धारा प्रयोग गरेर एमाले अध्यक्ष एव‌ं संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको भन्दै यही साउन १४ गते तीनवटा रिट दर्ता भएको थियो।

उक्त रिटमाथि सुनुवाईका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वमा गठित ६ सदस्यीय संवैधानिक इजलास गठन भएको थियो।

तपाईको प्रतिक्रिया