Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

११ पुस । रङ्गेलीर प्रदेश १ को सामाजीक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका कामहरुको प्रगति विवरण सर्वजनिक गरेको छ ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनगरि मातहतका निकायमा ९८ करोड २२ लाख १ हजार रुपैया निकासा गरिसकेको जानकारी गराएको हो । मन्त्रालयले प्रदेश सङ्ग्राहलयलाई ४२ लाख,स्वस्थ्य निर्देशनालयलाई १ करोड,६७ लाख ३५ हजार,कोशी अंचल अस्पताललाई १२ करोड १२ लाख ८८ हजार,मेची अंचल अस्पताल ४ करोड २८ लाख ८८ हजार,शिक्षा तालिम केन्द्र सुनसरीलाई ४ करोड ८५ लाख ४२ हजार,शिक्षा विकास निर्देशनालय धनकुटालाई ३१ करोड ७५ लाख ४२ हजार, प्रदेशका अस्पतालहरु कार्यक्रम खर्चलाई ४० करोड १८ लाख २५ हजार,रोजगार स’चना केन्द्रलाई १९ लाख ८३ हजार,सीप विकास लातिलम केन्द्रलाई २ करोड ७१ लख ९८ हजार निकासी गरिसकेको छ ।

३ करोड ९९ लाख ९२ हजार बाकी रकम केन्द्रमा फिर्ता पठाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयको आर्थिक वार्ष २०७५र७६ को वजेट ३ अर्ब ६८ करोड ८७ लाख रहेको छ ।

सामुदायीक विद्यालयको गुणस्तर स’धारकालागी मन्त्रालयले मितेरी कार्यक्रम तयारी गरेको मन्त्रि जिवन घिमिरेले जानकारी दिए । प्रदेश कम्जोर साम’दायीक विद्यालय र प्रदेशका उत्कृष्ट विद्यालयका बीचमा मितेरी साइनको कार्यक्रम सञ्चलान गर्नलागेको मन्त्रि घिमिरेले जानकारी दिए ।

मन्त्रालयले परिक्षणको रुपमा विराटनगरको मोर्डन एरा स्कूल र खोटाङको जाल्पा मावि बीच मितेरी सम्बन्ध कायम गरिएको उनले जानकारी दिए । मन्त्रालयले १ सय विद्यालयमा परिक्षणको रुपमा ई शिक्षा सञ्चान गर्न लागेको छ ।

मन्त्रि घिमीरेले ५ वर्ष भित्रमा प्रदेशका सम्पुर्ण सामुदायीक विद्यालयको गुणस्तर सुधार भइसक्ने बताए । उनले १० वर्ष विभत्रमा झोला बोकेर विद्यालय जाने पद्धति समाप्त ह’ने बताए । प्रदेश १ का ताप्लेजुङ र संखुवासभा बाहेक सम्पुर्ण जिल्लाका पुर्ण साक्षर भइसकेको जानकारी गराए । अब,मन्त्रालयले ई शिक्षामा जोड दिने मन्त्रि घिमीरेले बताए ।

मन्त्रालयले प्रदेशका १३ वटा उत्कृष्ट विद्यालयलाई ५ लाखका दरले सम्मान गरेको छ । यसवर्ष प्रदेशबाट एसइइमा सहभागि हुने ९२ हजार ७ सय १९ विद्यार्थीकालागी आवश्यक उत्तर पुस्तिका छपाईको लागी जनक शिक्षालाई जिम्मा दिइसकेको शिक्षा साखा प्रमुख उपेन्द्र दाहालले जानकारी दिए ।

‘जेष्ठ नगरिक दन्त मुस्कान कार्यक्रम’ अन्तरगत खोटाङको रावावेसी गाउपालीकाका ५ सय जेष्ठनागरीलाई दाँत लागाउने काम सम्पन्न गरेको जानकारी दिए ।

संघिय सरकारले प्रदेश १ को सामाजिक विकास मन्त्रालयलाई प्रदेश सङ्ग्राहलय धनकुटा,प्रदेश अन्तरगतका सबै अञ्चल अस्पता,सबै जिल्ला अस्पताल,सबै अञ्चल आयुर्वेद औषधालय,सबै जिल्ला आयुर्वैद स्वस्थ्य केन्द्र,व्यवसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुङ्गा ,व्यवसायिक तथा सिप विकास तालिम केन्द्र झापा, रोजगार स”चना केन्द्र विराटनगर, हलेसी विकास समिति खोटाङ हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्रालयले शिक्षा विकास निर्देशनालय धनकुटा,शिक्षा तालिम केन्द्र स’नसरी ,स्वस्थ्य निर्देशनालय धनकुटा, स्वस्थ्य कार्यालय पाँचथर,स्वस्थ्य कार्यलय मोरङ, तेह्रथ’म,उदयपुर,ओखलढुङ्गा,धनकुटा र आयोजना कार्यान्वयन इकाई विराटनगर मन्त्रालयले स्थापना गरेको मन्त्रालयका उपसचिव गोपि घिमिरेले जानकारी दिए ।

मन्त्रालयमा ६८ जना कर्मचारीको दर्व्न्दि भएकोमा ४६ जनामात्र पदपुर्ती भएको उनले जानकारी दिए ।

मन्त्रालयले प्रदेश घरेलु हिंसा ऐन र प्रदेश सामाजिक विकास संस्था ऐन निर्माण गरिसकेको छ । त्यसैगरी शिक्ष विधेयक,मनोमहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधयेक,कोशी चिकित्सा विज्ञान प्रतिष्ठान विधयेक,कोशी चिकित्सा विज्ञान प्रतिष्ठान विधयेक,जनस्वस्थ्य विधयेक,बालअधिकार सम्बन्धी विधयेक,सामाजिक स’रक्षा समबन्धी विधयेक अन्तिम स्किृतिकोलागी पठाएको छ ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया