Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

गोदावरी (कैलाली), २९ साउन २०८१ । कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो । दश वर्षीय अबोध बालक झुण्डिएको अवस्थामा शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मृत बालकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया