Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

काठ्माडौं, २९ साउन २०८१ । सिन्धुलीमा बुवाको हत्‍या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

हरिहरपुरगढी गाउँपालिका-७ पन्चचौरीस्थित लामपाते बस्ने ५८ वर्षीय लालबहादुर (घिमिरे) विकको हत्या आरोपमा उनकै २१ वर्षीय छोरा अमृतलाई पक्राउ गरेको हो।

गएराति अमृतले सुतिरहेका बुवा लालबहादुरको टाउकोमा बन्चरोले प्रहार गरी हत्या गरेका हुन्। अमृत उनका माइला छोरा हुन्।

हत्याको खबरपछि प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीले अमृतलाई पक्राउ गरेको हो।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

तपाईको प्रतिक्रिया