काठमाडौं, २९ साउन २०८१ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन प्रतितोला छापावाल सुन १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला १७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको थियो।