Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

धरान, ११ पुस । धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा बनेको नयाँ पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव फेला परेको छ ।

बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडी फालिएको सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

शवलाई प्रहरी, चौकी पानवारी, वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा गाडिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बच्चा निकै लामो समयदेखिको भएकाले पहिचान नखुलेको जंगली जनावरले उधिनेर निकालेको जस्तो देखिएको बताएका छन् । गाडेको अवस्थामा जनवारले उधिनेको हुन सक्ने उनल बताए ।

तपाईको प्रतिक्रिया