Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

झापा, २८ साउन २०८१ । झापाको दमकबाट पेस्तोलसहित एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका-८ बस्ने ३६ वर्षिय संजिव गजमेर रहेका छन् ।

सोमबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ बानेश्वर हाईट मार्ग जाने भित्री सडक खण्डमा को.३८ प.५६४९ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरको अगाडि चावी लगाउने भागको तल सामान राख्ने खाली भागमा लुकाई छिपाई राखेको दाहिंने भागमा  7657 Round No 02 र बायाँ भागमा  Special Made In Italy Automsial लेखिएको खैरो रङको कभर सहितको १ थान पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, स्कुटर चालकको  शरिर तलासी लिदा उनले लगाएको पेन्टको पछाडीको गोजीबाट  No 02 लेखिएको म्याग्जिन २ थान फेला परेकोले स्कुटरसहित उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान कार्य जारी राखेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया