Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

झापा, १२ साउन २०८३ । गएराति धनकुटाको चौबिसे वडा नं.४ फलामेटारस्थित तमोर–करिडोर सडक खण्डमा बिराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावरको सामान बोकेर जादै गरेको लोबेट (ट्रक) मा दुर्घटनापछि आगलागी हुँदा जलेर चालकको मृत्यु भएको छ ।

राति ८:३० बजेतिर हाइड्रोपावरको सामान बोकेर जादै गरेको प्र १–०२–००१ क ५३६३ नं.को लोबेट (ट्रक) ब्रेक फेल भई सडकबाट चिप्लिएर नालातर्फ भित्तामा घस्रिएर अचानक आगलागी भएको हो । उक्त लोबेटको (ट्रक) अगाडीको भागमा लागेको आगोबाट चालक भोजपुर बस्ने ३० वर्षीय बिशाल राईको जलेर मृत्यु भएको हो । सह–चालक तेह्रथुम म्याग्लुङ-९ बस्ने १८ वर्षीय संजिव संग्रौला भने सकुशल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट फलामेटारमा जानकारी हुनसाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रंजितकारको कमाण्डमा १५ जनाको टोली खटिएको थियो । नेपाल प्रहरी र स्थानीयवासीहरुको सहयोगमा राति ९ः४० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया