Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौँ, ११ पुस । मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ।

सुन र दुई व्यक्ति पक्राउ पर्ने्बित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए। सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए। तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन्। अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएको छ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments