Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठ्माडौं, २४ साउन २०८१ । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकिएको छ।

बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा बिक्री हुने पानीको जारको मूल्य तोकेको हो।

२० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रूपैयाँ र १ लिटर बोटलको पानीको मूल्य १६ रूपैयाँ राखिएको उपभोक्ता संरक्षण विभागका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए।

विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि विभागले जनाएको छ।

विभागका अनुसार निर्धारण गरेको प्रशोधित पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई कारबाही गरिनेछ।

तपाईको प्रतिक्रिया