Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

विराटनगर, ११ पुस । विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वस्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

आक्रमणबारे सोधपुछ गर्दा पक्राउ परेकामध्ये एकले ‘बेहुली मेरी प्रेमिका हुन्’ भने पनि प्रतीक्षाले आफू र उनका बीचमा कुनै सम्बन्ध नरहेको दाबी गरिन् । ‘उनीहरुलाई म चिन्छु, आधा घण्टा पैदल परको गाउँका हुन्, तर मैले कसैसँग प्रेम गरेकी छैन ।’ उनले भनिन् ।

दाइहरुले सम्झाइबुझाइ पठाए पनि उनीहरु पुनः आएर झगडा गर्न थालेपछि बेहुली प्रतीक्षा नै बाहिर निस्किएर सम्झाउने प्रयास गरेकी थिइन् । त्यसैक्रममा उनीमाथि नै चिर्पट प्रहार भयो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया