Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

जनकपुर, १० पुस । जनकपुरधामस्थित जानकी मेडिकल कलेजले चोर बाटोबाट एमबिबिएसको परीक्षा दिन खोज्दा चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० ले ३४ भारतीय विद्यार्थीलाई परीक्षामा रोक लगाएको छ।
एमबिबिएस पहिलो वर्षको परीक्षाको अन्तिम समयमा आइओएममा फर्म पुगेपछि जानकी मेडिकल कलेजमा अध्ययनरत ३४ भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएपछि रोक लगाएको हो।
एमबिबिएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आइओएमको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने कानुनी व्यवस्था छ। यद्यपि कलेजले ३४ भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागि नै नगराई भर्ना गरेको खुलेको छ।

जानकी मेडिकल कलेजले परीक्षाका लागि पठाइएका ८० विद्यार्थीको फर्ममध्ये ३४ जनाको अस्वीकृत भएको कलेजका कार्यकारी निर्देशक धनध्वज मल्ल ठकुरीले बताए। एमबिबिएसमा अध्ययनरत ३४ भारतीय विद्यार्थीको परीक्षा अन्योलमा परको स्वीरेको छ। उनले आइओएमको पक्षमा अदालतको आदेश आएपछि कलेजले आवश्यक कदम चाल्ने जिकिर बताए।

भारतीय विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अदालतमा हालेको रिट पनि खारेज भइसकेको छ। यद्यपि, कलेजले ती परीक्षार्थीलाई सहभागी गराउने कसरतमा छन्। एमबिबिएसमा भर्ना भएका ३४ भारतीय विद्यार्थीलाई पहिलो वर्षको परीक्षामा सामेल गराउन कलेजले एउटा पुरानो नजिर टेक्दै उच्च अदालत, पाटनमा रिट दिएको थियो।

तर सातादिन अघि नै अदालतले कलेजको रिट खारज गरिसकेको छ। पुरानो नजिर र नेशनल मेडिकल कलेजकै आधारमा आफ्ना विद्यार्थीको पक्षमा अदालतको आदेश आउने जानकी मेडिकल कलेज पुगेका भारतीय विद्यार्थीहरुका अभिभावकको आश छ। प्रत्येक भारतीय विद्यार्थीबाट कलेजले झण्डै ५० लाख रुपैयाँ लिने गरेको छ।

भारतीय र नेपालका विभिन्न कन्सल्टेन्सीमार्फत् भारतीय विद्यार्थीबाट मोटो रकम लिई चोर बाटोबाट परीक्षामा सहभागि गराउन लाग्दा यस्तो अवस्था आएको स्रोतको दावी छ। विद्यार्थीले मोटो रकम खर्चे पनि परीक्षाको मुखमा आएर बिचल्लीमा परेका छन्।

जानकी मेडिकल कलेजले एमबिबिएस प्रथम वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आइओएमलाई पठाएको थियो। जानकी मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक मात्र रहेको आइओएम कार्यालयले जनाएको छ।
थाहाखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments