Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

गोर्खा, १० पुस । उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जंगलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन। अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० का प्रमुख नरेन्द्र लामाले जानकारी दिए।

‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, स्थानीयवासीले अन्य क्षेत्रमा आगो सर्न नदिन विभिन्न प्रयास गरिरहेका छन्’, उनले भने।

अहिलेसम्म कति हेक्टर जंगलमा आगो फैलिएको छ भन्ने कुनै यकिन हुन नसकेको लामाको भनाइ छ।

मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने जंगलमा भएको आगलागीको अवस्था बुझ्न कार्यालयबाट दुई कर्मचारी ९रेञ्जर० त्यसतर्फ पठाइको भए पनि भौगोलिक विकटताका कारण आज अबेरसम्ममा मात्र त्यस क्षेत्रमा पुग्ने उनले बताए। आगो वीरेन्द्र तालतर्फ फैलिँदै गएको छ, आयोजना प्रमुख लामाले भने, ‘स्थानीयवासी साम्दोको जंगलमा पनि आगो फैलन्छ कि भनेर सर्तक भएर बसिरहेका छन्।’

आगलागीबाट मनास्लु संरक्षण क्षेत्रभित्र रहेका अत्यन्तै दुर्लभ जातका जंगली जनावर तथा चराचुरुङ्गी बढी जोखिममा परेको लामाको भनाइ छ। उक्त क्षेत्र कस्तुरीको बासस्थान क्षेत्र पनि हो। त्यहाँ हिमचितुवा, हिमाली थार, झारल तल्लो क्षेत्रमा कालोभालुलगायतका दुर्लभ जातका जंगली जनावर र पशुपंक्षी आगलागीको जोखिममा परेका छन्।

स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिनसक्ने अवस्था नै नभएको जानकारी दिएको आयोजना प्रमुख लामाको भनाइ छ। ‘स्थानीयलाई अग्निरेखा बनाएर बस्न सल्लाह दिइरहेका छौं, नाम्रुङ, फिलिमलगायतको प्रहरी चौकीबाट थप प्रहरी पठाएर सहयोग गर्न सकेको भए सजिलो हुन्थ्यो’, उनले भने, ‘आगोले त्यस क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट भएको छ।
रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments